सफल ईन्जिनियरिङ्ग एण्ड एस.एस. सेवा प्रदायक एक प्राईभेट कम्पनी हो । जसले ग्राहकवर्गहरुलाई उनिहरुको माग तथा आवश्यक्ता अनुसार ईन्जिनियरि¨ सेवा प्रदान गर्ने उद्देश्यले वि.सं २०७१ सालमा स्थापना भएको हो । यस सफल ईन्जिनियरिङ्ग एण्ड एस.एस. सेवा प्रदायक प्रदेश नं ६ को प्रदेशीय सदरमुकाम वीरेन्द्रनगर, सुर्खेतमा रहि ईन्जिनियरिङ्ग सेवा संग सरोकार राख्ने विभिन्न कार्यालय, निर्माण कम्पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई ईन्जिनियरिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । यसरी काम गर्ने क्रममा यस कम्पनीले ६ न. प्रदेशमा रहि नेपाल सरकारको भवन निर्माण मापदण्ड बमोजिमका भौतिक संरचनाहरु निर्माण अनुगमन तथा गुणस्तर नियन्त्रण्मा यस क्षेत्रकै ख्याती प्राप्त कम्पनीको रुपमा काम गर्दै आईरहेको छ । जस अन्तरगत यस क्षेत्रमा निर्माण हुने विभिन्न भौतिक संरचनाहरु भुकम्प प्रतिरोधि संरचनाको ढांचामा तयार गर्ने तथा निशुल्क परामर्श सेवा प्रदान गरिरहेको छ । सुर्खेत जिल्लाका बिभिन्न स्थानमा रहेका बैंक तथा बित्तीय संस्थाहरुको माग अनुसार ऋण प्रयोजनका लागि धितो तथा सम्पति मुल्याङ्कन र लागत इस्टीमेटका कार्यहरु गरिरहेको छ । यसरी नै विभिन्न सडक, खानेपानि, विधुत, सिंचाई, भवन, पुल आदिको सर्भे, ईस्टिीमेट तथा डिजाईनको क्षेत्रमा समेत काम गरिरहेको छ ।
निर्माण कार्यहरु गर्ने क्रममा निर्माण स्थलमा दक्ष प्राविधिकको निरिक्षणमा रहि कार्यहरु गरिरहेको छ । जसले गर्दा निर्माण कार्यहरु गुणस्तरीय र मापदण्ड अनुरुप निर्माण भईरहेका छन । फलस्वरुप यस नगरक्षेत्रमा निर्माण भएका भौतिक संरचनाहरु दिगो र टिकाउ छन् । विषेशत यस ईन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा.लि ले नगर क्षेत्रमा निर्माण हुने भुकम्प प्रतिरोधी भवनहरुको डिजाईन तथा इस्टीमेटमा महत्वपुर्ण योगदान पुर्याईरहेको छ । भुकम्प प्रतिरोधि घरहरु निर्माण गर्नको लागि सेवा ग्राहीहरुलाई निशुल्क आवश्यक सुझाव सल्लाहरु प्रदान गरि विश्वसनिय सेवा प्रदान गरिरहेको छ ।